नेपालका लागि पूर्वअमेरिकी राजदूत माइकलको निधन

काठमाडौँ । सन् २००१ देखि २००४ सम्म नेपालका लागि अमेरिकी राजदूत रहेका माइकल मलिनोस्कीको निधन भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । ‘उनको प्रतिबद्धता र सेवाले नेपालमा अमेरिकी मिसनमाथि महत्वपूर्ण र स्थायी प्रभाव पारेको छ’, थम्पसनले भनेका छन् ।

मलिनोस्कीले अमेरिकाको विदेश मिसन अन्तरगत पिलिपिन्स, अफगानिस्तान, मेक्सिको लगायतका ठाउँमा पनि काम गरेका थिए । उनी काठमाडौं र पेशावरमा गरेको कामका कारण ‘सुपेरियर अनर अवार्ड’बाट पुरस्कृत समेत भएका थिए । कुटनीतिक सेवा थाल्नुअघि उनी शिक्षक थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds