अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । उनको पार्थिव शरिरलाई बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् । बिरामी भएपछि उनलाई उपचारका लागि विपिनले फिल्म ‘महाजात्रा’ रिलिजको समयमा काठमाडौं ल्याएका थिए । बुधबार विपिनको जन्मदिन परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds