भूदेव खाद्य उद्योग र नोबेल बीच सम्झौता

काठमाडौँ । भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा विक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ । गत आइतबार उक्त सम्झौता भएको हो ।

भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योग संग आबद्ध थोक तथा खुद्रा विक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारकालागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुने छ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी, श्रमिकहरूको पनि प्राथमिकताका साथ नोवेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।

सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोबेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस