इस्लिङ्टन कलेजको प्रविधि महोत्सव ‘फ्युचरामा’मा २५ सयबढी विद्यार्थी सहभागी

काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न गरेको छ। १४ देखि १६ अगस्टसम्म सञ्चालनमा रहेको कार्यक्रमको उद्देश्य सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै, उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउनु रहेको कलेजले जनाएको छ।

कार्यक्रममा एआई गगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथी जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएका थियो। यी सबै प्रविधिहरू स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीहरूद्वारा निर्माण गरिएका हुन्। जसले उनीहरूको रचनात्मकता र प्रविधि निर्माणमा दक्षता प्रकट गरेको कलेजको भनाई छ।

प्रदर्शनीमा, डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा, र एनिमेशनका अनुभवहरू समावेश गरिएको थियो। ‘फ्युचरामा’ले अन्तरक्रियात्मक बूथहरू, प्रत्यक्ष प्रदर्शनीहरू, ज्ञानवर्धक कार्यशालाहरू मार्फत प्रविधिको भविष्यका झलक प्रदान गरेको थियो।

यसका साथै युवाहरूलाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गर्ने प्रयास गरेको छ। कलेजका विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त वातावरणमा रूपान्तरण गर्न सफल भएको कलेजको विश्लेषण छ। ‘प्रविधिको अतिरिक्त, कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ। आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै, फ्युचरामाले दिगोपनमा पनि ध्यान केन्द्रित गराउने लक्ष्य

राखेको छ,’ आईएनजी स्किल एकेडेमीका स्किल सुपरभाइजर स्वेच्छ्या प्रधानाङ्गले बताए। प्रदर्शनीको तेस्रो दिनमा मनोरञ्जनका लागि गायक पूर्ण राई र द इलिमेन्ट्सको लाइभ म्यूजिक प्रस्तुति रहेको थियो जसले महोत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनायो।

आयोजकहरूले यो तीन दिनको प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवर्धक, र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरेको जानकारी दिएका छन्। ३ दिनमा २५०० बढी सहभागीहरूले प्रदर्शनिमा उपस्थिति जनाएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस