भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री राणा

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएकी छिन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री देउवाले आज प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको हो ।

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणको तालिकामा प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम समावेश छैन । सोमबार नै मलेसियाका प्रधानमन्त्री भारत भ्रमणमा जान लागेका छन् । त्यसमा प्रधानमन्त्री मोदी व्यस्त हुने भएपछि समय मिल्छ कि मिल्दैन भनि अन्योल थियो तर प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाले भेट्ने तय भएको हो ।

भेट्ने समय भने तय भइसकेको छैन । परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने र दुई देशको हितको बारेमा कुराकानी हुने बताइएको छ ।

पाँत दिने भारत भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आइतबार दिल्ली गएकी हुन् । मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds