कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ

काठमाडौं । संघीय संसद भवन नजिकै बानेश्वरमा सडक भ्वाङ परेको छ । बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेर भासिएको हो ।

अहिले भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ । सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।

‘सानो भ्वाङ देखिए पनि सडकमुनि खाली ठाउँ धेरै नै रहेछ । बेलैमा नदेखिएको भए ठूलो दुर्घटना पनि हुनसक्थ्यो । अहिले नै सडक पुनर्निर्माण हुन्छ,’ भट्टराईले भने । यसअघि दरबारमार्गबाट कमलादीतर्फ आउने सडकमा टुकुचा खोला छोपेर बनाइएको सडकमा पनि भ्वाङ परेको थियो । पछिल्लो समय सडक भासिने र भ्वाङ पर्ने क्रम बढेपछि यात्रामा जोखिम बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds