‘टिआरसी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

आइतबार बसेको सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो ।

सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरूले छलफल गरेका थिए । छलफलसँगै कानूनमन्त्री चौरसियाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिए । लगत्तै सभामा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक, ) २०७९ माथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यहरूले राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ ६ गते बिहीबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds