सूर्यदर्शन सहकारीका पूर्व सचिव नकर्मी पक्राउ

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव पक्राउ परेका छन् । नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सचिव हुन् । पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई अहिले पोखरा महानगरपालिका–१७, घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार थिए । उनलाई शुक्रबार काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको प्रहरीले जनाएको छ । आइतबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सहकारीका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राई फरार छन् । सोही सहकारीको ठगीमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् । तर प्रहरीले उनीविरुद्धको जाहेरी कारबाही प्रक्रियामा नलगी अनुसन्धान नै गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds