पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव, किन पुगेको थियो सादा पोशाकमा प्रहरी ?

काठमाडौं । एक महिनादेखि पशुपतिनाथ परिसरमा सञ्चालित ‘कोटिहोम’ महायज्ञको समापनमा तनाव भएको छ । साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सादा पोशाकका प्रहरी पुगेपछि तनाव उत्पन्न भएको हो ।

कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको थियो । कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

विजयकृष्णले आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भयो ।

के भन्छ प्रहरी ?
काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले विजयकृष्ण मूर्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको पुष्टि गरे । ‘पक्राउ गर्न होइन, सोधपुछका लागि मात्र गएका हौं,’ उनले भने, ‘प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्रका विषयमा हामीले सोधपुछ गर्न चाहेको हो ।’

विजयका समर्थक र त्यहाँ उपस्थित श्रद्धालुहरूले धार्मिक क्षेत्रमा घुसेर प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । सम्पूर्ण हिन्दुहरू एक हुन उनीहरूको आह्वान छ । साउनभरका लागि आयोजित महायज्ञको हिजो (साउन ३२) अन्तिम दिन थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस