परराष्ट्रमन्त्रीको भारत भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषदका १४ निर्णय (सूचीसहित)

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधि मण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरुलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्री गुरुङले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता श्रीराम खनालाई नेपाल कानुन व्यवसायी परिषदको सचिव पदमा खटाउने निर्णय भएको बताए । यससँगै मन्त्रिपरिषद् बैठकले अन्य १४ वटा निर्णय गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषद वैठकमा निर्णयहरु :- निर्णय

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds