गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुष भएको पुष्टि, सीसीटीभीमा यस्तो देखियो हुलिया

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीकाअनुसार स्कुटर चालक अन्दाजी २०/२५ वर्षीय पुरुष भएको बताए । यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो । प्रहरीले सीसीटीभी फुटेज हेर्दा पुरुषले बा. ४९ प ८९४४ नम्बरको स्कुटर चलाएको देखिएको छ । यसैको आधारमा मृतक पुरुष भएको प्रहरीले पुष्टि गरेको हो ।

यद्यपी मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसपार्कमा छैन दसैँको अग्रिम टिकट काट्नेको ठूलो भीड

काठमाडौं । सरकारले शनिबारबाट दसैँका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

प्रतिकृया दिनुहॊस