दोब्बरले बढ्यो प्रभु इन्स्योरेन्सको नाफा

काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । सार्वजनिक तथ्यांकअनुसार वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको मुनाफा ११८.१३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ४९ करोड आठ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शूल्क आर्जन १४.२९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५७ करोड सात लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा ६५ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आवमा एक अर्ब ७१ करोड ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा एक अर्ब ५६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ९.५८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस अवधिमा कर्जा तथा लगानीबाट १३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री