कब्जियतबाट कसरी बच्ने ?

काठमाडाैं । विभिन्न सञ्चारमाध्यममा कब्जियत हटाउन अनेकखाले चुर्ण प्रयोग गर्न सल्लाह दिइएको हुन्छ। त्यस्ता चिजले एकपटक त आराम दिन्छ, तर पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कमजोर हुन थाल्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

दिसा गर्नकै लागि पनि औषधिको प्रयोग गर्नु हुँदैन। त्यस्ता औषधिको प्रयोगले तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ। औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ। यसले कब्जियतको समस्या झन् बढाउँछ। कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान दिनुपर्छ।

फलफूलमा मेवा, केरा, स्याउँ, खरबुजालगायत सेवन गर्नुपर्छ। त्यस्तै किसमिस, बदाम आदिको प्रयोगले पनि कब्जियतमा राहत मिल्छ। अलि बढी भात खाने हाम्रो बानी छ। तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारीको प्रयोग गर्नुपर्छ। गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादको रुपमा प्रयोग गर्नुपर्छ। कब्जियत भएमा दही, मही, पानी प्रशस्त पिउनुपर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस