धादिङबाट सम्पर्कविहीन भएका तीन किशोरी पाँच दिनपछि बाग्लुङमा भेटिए

काठमाडौं । धादिङको धादिङबेसीबाट सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रको अनुसार गत बुधबारदेखि सम्पर्कविहीन भएका उनीहरु सोमबार भेटिएका छन् । धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक बुधबार बिहान विद्यालय जान्छु भनी हिँडेकी थिइन् ।

रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधिखोजी सुरु गर्‍यो । रोशनीका विषयमा सोधिखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान कक्षा ९ मा अध्ययनरत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज हरिबोधिनी एकादशी, तुलसी-विवाह गर्ने दिन

काठमाडौं । कार्तिक शुक्ल एकादशी । सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्।  भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ । सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ ।

प्रतिकृया दिनुहॊस