मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्य सहित उक्त सम्झौता भएको हो ।

एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

बैंकका अनुसार उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीहरूलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यावसायिक साक्षरताको लागि सहकार्य गर्ने छ ।

महासंघको अध्यक्ष शोभा ज्ञवालीले खुसी व्यक्त गर्दै यस सम्झौता भए पछि महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई आर्थिक विकास गर्न र व्यावसायिक तथा वित्तीय साक्षरताको क्षेत्रमा थप टेवा पुग्ने कुरामा विश्वास व्यक्त गरे ।

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको …

प्रतिकृया दिनुहॊस