सरकार मदिरामा कडाई गर्दै, यस्ता छन् प्रावधान

काठमाडाैं । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ। यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–०७५ जारी गरिँदैछ। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन्।

गृहमन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन्। इजाजत प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुका ५ बजेदेखि १० बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन्। होटल, बार, रिसोर्ट, लज र रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्न पाइने छैन। त्यसै मदिरा सेवन गर्नेलाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्नसमेत रोक लगाइएको छ।

सरकारी वा गैरसरकारी निकाय, शिक्षण संस्था वा व्यक्तिले आयोजना गर्ने सार्वजनिक समारोहमा मदिरा सेवन गर्न पाइने छैन। सञ्चार माध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको विज्ञापन प्रकाशन तथा प्रशारण गर्न, सार्वजनिक स्थलमा होडिङ, पर्चा पोष्ट टाँस्न निषेध गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस