सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणबाट बुटवलमा एक महिलाको मृत्यु भएको छ । छाडा साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार साउन २० गते डेरीमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् ।

दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भएकी थिइन् । गुल्मीको रेसुंगा नगरपालिका-४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

काठमाडौं । यात्रा इजाजत प्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियार समेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो ।

प्रतिकृया दिनुहॊस