प्रतिकात्मक तस्बिर

बैतडीमा महिलामाथि करणी गर्ने प्रधानाध्यापक पक्राउ

काठमाडौं । बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत रहेका छन् । उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तिहार सकियो, थालियो छठको तयारी

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस