गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो ।

स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया हसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो ।

घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हैसियत भएका दलहरू मिलेर बनेको सरकार हो, ढल्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत …

प्रतिकृया दिनुहॊस