ओखलढुंगा। ओखलढुंगामा विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाकी ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको मृत्यु भएको छ। भने चार जना बिरामी परेका छन् । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाको सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ।
त्यस्तै च्याउ सेवनका कारण अन्य २८ वर्षीय ग्यालु शेर्पा, उनका श्रीमती ३० वर्षीया लकी शेर्पा, छोरा ७ वर्षीय पासाङ शेर्पा र दाजुको छोरी पर्ने ७ वर्षीय पशी शेर्पा बिरामी परेका छन् ।
तपाईंको प्रतिकृया



