राजेश हमाल आठ वर्षपछि फिल्ममा फर्किँदै

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झण्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएका हुन् ।

आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी गराएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

पछिल्लो पटक फिल्म ‘सकुन्तला’ मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका छैनन् । बरु उनले म्युजिक भिडिओमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झण्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।

आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ । निर्देशक दिवाकरले फिल्मको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दाबी गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds