काठमाडौं । जनता बैंकले ताप्लेजुङको फक्त्ताङलुङमा नयाँ शाखा स्थापना गरेको छ । ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो ।

भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखामार्फत वित्तीय संजालमा जोडिन सफल हुनेछन् ।
ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्ने भएको छ ।
साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।
तपाईंको प्रतिकृया




