अप्रेसनबाट शिशु जन्माएको केही घण्टामै आमाको मृत्यु : अस्पतालमा आइसियु थिएन, शिक्षिका थिइन् मृतक

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । रुपन्देहीको तिलोत्तमा-४ स्थित ओम अस्पतालमा प्रसूति गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेसनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएको हो ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । उनलाई सुरुमा सुत्केरी गराउन तिलोत्तमा-४ ड्राइभरटोलमा रहेको ओम अस्पतालमा बुधबार साँझ लगिएको थियो । त्यहाँ सर्जरी गरेर उनले साढे आठ बजे छोरी जन्माएकी थिइन् ।

आफन्तका अनुसार अपरेसन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि छोरीलाई हेरेर प्रसन्न मुद्रामा थिइन् । त्यहाँ लगेर रगत चेकजाँच गर्दा रगतमा खराबी देखियो । अपरेसन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा संक्रमण देखियो । उनलाई सेतो रगतको आवश्यकता पर्‍यो । यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो ।

तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो । यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भैसकेको थियो । अकस्मात् स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात् मृत्यु भएको भन्दै आफन्तहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैंकमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् । मृत्यु भएकी सृजनाको यो दोस्रो सन्तान हो । उनको यसअघि ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी बिरामी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds