बस दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई नगरपालिकाले ३० हजार दिने

डोटी । गएको बिहीबार डडेल्धुरा– दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई डोटीको शिखर नगरपालिकाले जनही ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

नगरकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो । बैठकले दुर्घटनामा घाइते भएका आफ्नो नगरपालिकाका बासिन्दाको उपचारमा सहयोग पु¥याउन जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । घाइतेहरूको अवस्था हेरी केही सहयोग रकममा थपघट गर्न सकिने गरी निर्णय भएको नगर प्रमुख सिताराम जोशीले बताए ।

दुर्घटनामा शिखर नगरपालिका वडा नम्बर ८ का कैलाश रावल, योगेन्द्र रावल र शारदा राउत, वडा नम्बर १० का रोहित बलायर र सागर बलायर र वडा नम्बर ११ का शंकर जोरा, गंगा भाट (जोरा), योगेन्द्र बोहरा र पदम विकको ज्यान गएको थियो भने १० जना घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री