राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अब सिन्दुर, टीका र टोपी लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्रमा अब धार्मिक, सांस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अब फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन पाइने भएको हो ।

टोपी, सिन्दुरपोते र टीकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले हालै सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी प्रष्टीकरण दिएको छ ।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशन दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविको पक्राउपछि तातियो पोखरा, निरन्तर प्रदर्शनको तयारीमा रास्वपा

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

प्रतिकृया दिनुहॊस