उपत्यकाका नदीमा जलसतह बढ्यो, १० बजेसम्म उच्च सतर्कता आवश्यक

काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरूमा जलसतह बढेको छ । गएरातिको भारी वर्षाका कारण बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको हो ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ ।

काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । यस्तै, भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । ती क्षेत्रमा रहनेलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस