रास्वपाकाे महामन्त्री मै हो भन्दै मुकुल ढकालले निर्वाचन आयोगमा दिए निवेदन

काठमाडाैं । कारबाहीमा परिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी बैठकको निर्णयविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका छन् । पदाधिकारी हेरफेर गर्ने बैठकलाई अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू गैरकानुनी भन्दै बदरको मागसहित निर्वाचन आयोगमा उनले निवेदन दिएका हुन् ।

‘मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन । यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ’ उनले दिएकाे निवेदनमा उल्लेख छ ।

२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस