गेष्टहाउसमा युवकसँग बसेकी युवतीको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेकी एक युवतीको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एक युवकसँग राती ११ बजे आएकी युवतीको बिहान मृत्यु भएको हो ।

ललितपुरकै डुकुछाप घर भएर हाल सातदोबाटोमा बस्दै आएका एक युवकले राति साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् । युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले बि एण्ड बि अस्पतालमा लगेकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवकले पनि सास फेर्न कठिनाइ भएको भनी जनाएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस