सौर्यको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स ९ एन—एएमई/सिआरजे२०० विमान रनवे ०२ बाट उडान भर्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलट बाँच्न सफल भएका छन् । उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो । प्रिजा ऊर्जा मन्त्रालयकी कर्मचारी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस