हिमालयन डिस्टिलरीले आईक्यानबाट पायो उत्कृष्ट राष्ट्रिय प्रतिवेदन पुरस्कार

काठमाडाैं । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कार पाएको छ। इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औँ वार्षिक परिषदको अवसरमा हिमालयन डिस्टिलरीलाई उक्त सम्मान गरिएको हो।

‘उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको यस कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाट अझै हौसला मिलेको छ’, कम्पनीले भनेको छ, ‘हिमालयन डिस्टिलरी आगामि दिनमा कर्पोरेट सुशासन र वित्तीय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जानकारी समेत गराउँछौँ।’

उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागी साउथ एसियन फेडरेसन अझ अकाउन्टेन्टस (साफा)मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीले जनाएको छ।

सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरी नेपालको अग्रणी मदिरा उत्पादक हो। हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds