फाइल फोटो

गुडिरहेको बसको आपतकालीन ढोका भाँचियो

काठमाडौं । बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन् । भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका-१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएकी हुन् ।

प्रहरीकाअनुसार घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका-१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन् । आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढी ल्याइएको छ ।

उनको माया मेट्रो अस्पतालमा उपचार जारी छ। बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds