‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिवन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित ‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिबन्ध लगाएको छ ।

विभागले बजार अनुगमनका क्रममा ओफिनको गुणस्तर न्यून पाएपछि उक्त कम्पनीबाट उत्पादित ब्याच नम्बर ०–२३ को ओफिन ट्याब्लेट गुणस्तरहीन रहेको जनाएको छ ।

विभागले बजारबाट प्रतिबन्धित ओफिन तुरुन्त फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ। सो औषधिको सिफारिश, बिक्रीवितरण तथा प्रयोग नगर्न सबैलाई विभागले आग्रहसमेत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री