‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिवन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित ‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिबन्ध लगाएको छ ।

विभागले बजार अनुगमनका क्रममा ओफिनको गुणस्तर न्यून पाएपछि उक्त कम्पनीबाट उत्पादित ब्याच नम्बर ०–२३ को ओफिन ट्याब्लेट गुणस्तरहीन रहेको जनाएको छ ।

विभागले बजारबाट प्रतिबन्धित ओफिन तुरुन्त फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ। सो औषधिको सिफारिश, बिक्रीवितरण तथा प्रयोग नगर्न सबैलाई विभागले आग्रहसमेत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds