एसबिआई बैंक : कञ्चनपुर भन्सार कार्यालय एक्सटेन्सन काउन्टरको उद्घाटन, महेन्द्रनगर शाखा स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. ले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरूलाई उनीहरूको वित्तीय÷भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नम्बर गल्लीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस