बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ । ढाकास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो ।

बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार अर्को सूचना जारी नभएसम्मका विद्यालयहरू बन्द हुनेछन् ।

त्यही कारण दूतावासले नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ । विद्यार्थीहरूलाई आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ । यद्यपी कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा दूतावासलाई खबर गर्न भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेलाई फेरि काठमाडौं ल्याउने तयारी

काठमाडौं । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पुर्‍याइएको थियो । पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको हो ।

प्रतिकृया दिनुहॊस