सुन तोलाको १ लाख ५० हजार नजिक पुग्यो, बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस