बालेनको कविता- सत्यको कुनै पहिचान हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् । सामाजिक सञ्जालमा उनले लेखेको कविता कोप्रति लक्षित हो भन्ने प्रष्ट नभएपनि आफूले गर्दै आएका काम र निर्णय सही रहेको दर्साउन खोजिएको जस्तो छ ।

बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वोच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको कविताको भावबाट बुझ्न सकिन्छ । यसअघि उच्च अदालतले न्युरोड क्षेत्रको फुटपाथ बिस्तारको बाटो खोलिदिएको थियो ।

  • बालेनले लेखेको कविता जस्ताको तस्तै:

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर,
आकाशझैँ विशाल ,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन । नाम हुँदैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds