ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । ओलीको प्रधानमन्त्री नियुक्ति संविधान बमोजिम नभएको भन्दै ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ता खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको बुझिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds