गायिका कमला घिमिरेले फिल्म खेल्ने

काठमाडौँ । लोकदोहोरी बालगायिकाबाट आफ्नो करियर सुरुआत गरेकी कमला घिमिरेले फिल्म खेल्ने भएकी छन् । उनले निर्माणको तयारीमा रहेको फिल्म ‘माइली’ मा अभिनय गर्न लागेकी हुन् ।

फिल्म ‘माइली’ टिमले कमलाको पोस्टरलुक समेत सार्वजनिक गरेको छ । फिल्ममा करिश्मा मानन्धर र प्रियंका कार्की यसअघि नै अनुबन्धित भइसकेका छन् ।

रूना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन् । फिल्म सत्य घटनामा आधारित रहेर निर्माण हुने निर्देशक बलामीले बताए । उनले फिल्ममा महिलाका पीडा देखाइने बताए । फिल्म ‘माइली’ को छायांकन असार अन्तिमबाट सुरु गर्ने तयारी रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस