ब्राजिललाई स्तब्ध पार्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौँ । उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो । जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा अर्जेन्टिना क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

हारसँगै ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस