काठमाडौं महानगरका सामुदायिक विद्यालयले नेपाल बैंकबाट छुटसहितको बैंकिङ सेवा पाउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ।

मंगलबार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंकको सबै शाखाबाट छुटसहित आकर्षक बैंकिंङ सेवा सूविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नेछन्।

साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सुविधा समेत पाउन सक्नेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस