सोह्रखुट्टे-बालाजु सडक भासियो, पर्‍यो ११ फिट गहिरो खाल्डो

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो ।

सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।

अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री