कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक, एमालेसँगको सहमति अनुमोदन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ ।

 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीसँगै सदस्यहरूलाई पनि बोलाइएको छ । बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल गर्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ …

प्रतिकृया दिनुहॊस