पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारमा मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै उजुरी परेको थियो । सोही उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले कार्यालयमा छापा हानेको हो ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णयसहितका कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोशीमा बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । दुई …

प्रतिकृया दिनुहॊस