एमाले-कांग्रेसको नयाँ सरकार बन्ने भएपछि रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौं । सत्ता समीकरण फेरिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार साढे ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बस्दैछ ।

सहमहामन्त्री बुर्लाकोटीले पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने जानकारी दिए । सोमबार मध्यरातमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् ।

निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सात बुँदै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस