मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको हाे ।

यस्तै उनलाई बचाउने प्रयास गर्दा तीन महिला पनि करेन्ट लागेर घाइते भएका छन्। ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पताल सल्लेनमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

बिजुलीको पोलबाट भुइँमा लत्रिएको तारमा छाेइदा सुरूमा झुपादेवीलाई करेन्ट लागेको प्रहरीले बताएकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after