फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको भाउ घट्ने क्रम जारी छ । आज (बिहीबार) पनि सुनचाँदीको भाउ घटेको हो ।

बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले घटेको छ । आज प्रतितोला छापावाला सुन १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पुराना स्मार्टवाच नयाँ मोडेलहरूसँग साट्न सकिने

काठमाडौँ । ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज …

प्रतिकृया दिनुहॊस