छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । उनले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रालयलाई रुलिङ गरेका हुन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरे । आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस