कामना सेवा विकास बैंकको निमित्त सिइओमा प्रविण बस्नेत नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी बस्नेतलाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरिएको बैंकले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले भदौ ८ गते  राजीनामा दिएका थिए। उनको राजीनामालाई  बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप