कांग्रेस महिलामैत्री पार्टी हो भन्ने प्रमाणित गर्ने बेला आयो : पुष्पा भुसाल (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महिला विभाग प्रमुख पुष्पा भुसालले कांग्रेस महिलामैत्री पार्टी हो भन्ने प्रमाणित गर्ने बेला आएको बताएकी छन् । काठमाडौंमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख भुसालले यस्तो बताएकी हुन् ।

उनले विश्वको ठूला परिवर्तनमा महिलाको भूमिका अहम् रहेको बताउँदै नेपालको हरेको परिवर्तनमा महिलाको सशक्त भूमिका रहेको बताइन् । महिलालाई अगाडि बढाउनु अब पार्टीले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपाली कांग्रेसले अब अरु पार्टी भन्दा कांग्रेस महिलामैत्री छ भनेर प्रमाणित गर्नुपर्ने बेला आइसकेको उनले बताइन् । यद्यपि कांग्रेसले महिलाहरूले उचित स्थान र सम्मान दिइरहेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस