जीवी राई मलेसियामा छन्, लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जीवी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै सहकारी ठगी प्रकरणका मुख्य आरोपी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका हुन् ।

आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको बताउँदै उनले त्यहाँका गृहमन्त्रीले फरार जीवी राईको लोकेसन कन्फर्म गरिसकेको तर्क गरेका छन् । उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘लोकेसन पत्ता लागिसक्यो । उनलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको हो, कोसिस जारी छ ।’

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेसियाले हालसम्म कुनै औपचारिक जबाफ दिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस